Logo २०८२ फाल्गुन २१ बिहिबार
विभाजनको संघारमा पुगेकाे विवेकशील साझाकाे केन्द्रीय समिति बैठक अलग-अलग बस्दै

विभाजनको संघारमा पुगेकाे विवेकशील साझाकाे केन्द्रीय समिति बैठक अलग-अलग बस्दै


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
792
SHARES

काठमाडौं, १७ भदाै- वैकल्पिक शक्तिको रूपमा उदाएकाे विवेकशील साझा पार्टी केन्द्रीय समिति बैठक आज अलग-अलग बस्दैछ ।अध्यक्ष रवीन्द्र मिश्रले एकल रुपमा बैठक आब्हान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष मिश्रले ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेपछि विवादमा परेको विवेकशील साझा बिभाजनको संघारमा पुगेको हो ।

पाण्डेले विद्यानको धारा २० बिपरित एकल रूपमा बैठक बोलाएर विद्यान विपरित कार्य गरेको आरोप लगाएका छन् भने मिश्रले पाण्डे समूहले आफनो प्रस्तावमा छलफल गर्न नदिएपछि बाध्य भएर बैठक बोलाउनु परेको जनाएका छन् । दुवैको बैठक आज अपरान्ह बस्दैछ ।

पाण्डेले पार्टीको विधानमा अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने र एजेण्डा तय गरिने गरिएको स्मरण गराएका छन् । ‘यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु’ पाण्डेले केन्द्रीय सदस्यहरुलाई पठाएको इमेलमा भनिएको छ ।

गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो । सो पार्टी दोस्रो पटक विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २७ पुस २०७५ मा विभाजित भएको थियो । पहिलो पटक ३ साउन २०७४ मा पहिलो पटक एकीकरण भएको थियो ।

केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेकोले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् । मिश्रले केही दिनअघि धर्म निरपेक्षता र संघीयताको विषयमा फरक धारणासहितको दस्ताबेज सार्वजनिक गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend