Logo २०८२ फाल्गुन १९ मंगलबार
एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
2.1K
SHARES

काठमाडौं, १७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताइन् । विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

तीन उम्मेदवारमा तुलनात्मक रुपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend