Logo २०८२ फाल्गुन २१ बिहिबार
लुम्बिनीमा एक प्रदेश सांसदले मात्रै रोजे एकीकृत समाजवादी

लुम्बिनीमा एक प्रदेश सांसदले मात्रै रोजे एकीकृत समाजवादी


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
645
SHARES

बुटवल, १७ भदौ- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजावादीमा लुम्बिनी प्रदेशमा एक जना मात्रै प्रदेशसभा सदस्य खुलेकी छन् । पाल्पाकी रमा घर्तीले नेकपा एमाले विभाजन भएपछि दाङस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एकिकृत समाजवादी दलमा सनाखत गरेकी हुन् ।

यसअघि माधव नेपाल पक्षमा खुलेका कपिलबस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले भने अहिलेसम्म दलमा खनाखत गरेका छैनन् । लुम्बिनीमा दोस्रो पुस्ताका रूपमा परिचित एमालेका उपाध्यक्ष युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरू एमालेमै बसेपछि लुम्बिनी प्रदेशसभा सदस्य पन्थी पनि तथस्ट बसेका हुन् ।

पहिले पनि लुम्बिनीमा केपी शर्मा ओलीकै पकड थियो । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि दोस्रो पुस्ताका नेताहरू एमालेमै रहदा नेपाल कमजोर बनेका हुन् । लुम्बिनीमा एमालेका ३७ जना प्रदेशसभा सदस्य छन् ।

तत्तकालीन समयमा एमालेका ४१ जना सांसद रहे पनि राजनीतिक घटनाक्रममा कपिलबस्तुका दीर्घनारायण पाण्डे र दाङका अमरबहादुर डागीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । त्यस्तै नेकपाबाट उपचुनावमा विजयी दाङकी विमला कुमारी वलीले अदालतले एमाले र माओवादी ब्यूताइदिएपछि माओवादी केन्द्र रोजेकी छन् ।

यस्तै सूर्य चुनाव चिन्हबाट चुनाव जितेका अजय शाही स्वतन्त्र सांसदको रूपमा सरकारमा सहभागी छन् । वली र शाहीलाई एमालेले प्रदेश सांसदबाट निलम्बन गर्न माग गर्दै प्रदेशसभा चल्न दिएको छैन । तर, लुम्बिनी प्रदेशसभाले भने दुवैलाई कारबाही गर्न नपर्ने भन्दै जवाफ दिइसकेको छ । यस आधारमा एमालेका लुम्बिनीमा ३६ मात्रै सदस्य कायम छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend