Logo २०८२ फाल्गुन २१ बिहिबार
‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
764
SHARES

काठमाडौं, १८ भदौ-कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन् ।

ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र विशेषता छन् । स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् ।

विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन् । सबैका फ्यान फलोइङ उत्तिकै छन् ।‘कमेडी च्याम्पियन २’ को निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend