Logo २०८२ फाल्गुन १९ मंगलबार
पर्वत पहिरो अपडेट : तीन वर्षीय बालकसहित ११ को मृत्यु, एकै परिवारका पाँच जनाले गुमाए ज्यान

पर्वत पहिरो अपडेट : तीन वर्षीय बालकसहित ११ को मृत्यु, एकै परिवारका पाँच जनाले गुमाए ज्यान


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
1.6K
SHARES

पर्वत, १८ भदौ – अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन् ।

त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्यान गएको छ ।

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको डिएसपी बुढाथोकीले न्युज कारखानालाई जानकारी दिए । निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाउनु परेको बुढाथोकी बताउँछन् ।

वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ । यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढाथोकीले जानकारी दिए । उनकाअनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ । पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend