Logo २०८२ फाल्गुन २१ बिहिबार
अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलायो

अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलायो


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८
582
SHARES

काठमाडौं, १८ भदौं – नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । भारतीय हस्तक्षेपविरुद्ध प्रर्दशनी मार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दै अनेरास्ववियुले शुक्रबार मोदीको पुतला जलाएको हो ।

विरोध प्रर्दशनीमा अनेरास्ववियुले भारतीय हस्तक्षेप मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाएको थियो ।

प्रर्दशनका क्रममा मोदीको पुतला जलाउन खोज्दा प्रहरीले खोस्न थालेपछि झडपसमेत भएको थियो । झडपमा परी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त र सचिव अशोक थापा घाइते भएका छन् ।

अनेरास्ववियुका सचिव मेघनाथ चापागाईंका अनुसार अध्यक्ष पराजुलीको छाती र हातमा आगोले पोलेको छ । उनलाई मोडल अस्पतालमा उपचार पश्चात कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend