Logo २०८२ फाल्गुन २१ बिहिबार
सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?

सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
582
SHARES

‘मैले १३ औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी ९शेरबहादुर देउवा० लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु।’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो।

२०७२ फागुनमा भएको पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको प्रस्तावक बसेका गुरुङले महाधिवेशन भएको साढे दुई वर्ष बित्दानबित्दै पार्टी केन्द्रीय समितिको बैठकमा नै आफ्नो असन्तुष्टि दर्ज गरे। आफ्नो विश्वास र पार्टी सिद्धान्तविपरीत देउवाले गुटलाई प्रोत्साहित गरेको, विधानबमोजिम गर्नुपर्ने मनोनयन नगरी पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै उनले पार्टीका सबै तहका समिति विघटनको प्रस्ताव बैठकमा राखे। पार्टीका पुराना नेता गुरुङको असन्तुष्टिलाई १३औं महाधिवेशनमा उनीसँगै देउवासँग जोडिएका गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, योगेश ढकाललगायतका नेताको धारणाका रुपमा हेरिएको थियो।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा गुरुङले राखेको प्रस्ताव सुनुवाइ हुने कुरै थिएन। सभापति देउवाले आफ्नो कार्यशैलीमा पनि परिवर्तन गरेनन्। परिणाम, पार्टीको १३औं महाधिवेशनमार्फत देउवालाई पार्टीको मूल नेतृत्वमा पुर्‍याउन सहयोगी नेताहरू नै अहिले उनको विपक्षमा उभिएका छन्। पार्टीको १४औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन्।

गुरुङले देउवाविरुद्ध लिखित प्रस्ताव राखेको तीन वर्षपछि देउवाको निकट सहयोगी पार्टी उपसभापति विमलेन्द्र निधिले पनि उनको साथ छाडेका छन्। पार्टीको आगामी महाधिवेशनमा देउवासँगै मूल नेतृत्वमा प्रतिस्पर्धामा निधि उत्रिएका छन्। बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेका निधि नेतृत्वको तयारीमा जुटेका छन्।

आफू कसैका विरुद्ध नभएको बताउँदै उनले पार्टीलाई सबल, सक्षम, संविधानको रक्षा गर्दै आगामी निर्वाचन जित्न सक्ने पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको बताउँदै आएका छन्। एक वर्षअघि नै १४औं महाधिवेशनमा पार्टीको मूल नेतृत्वमा प्रतिस्पर्धा गर्ने भन्दै देउवासँग निधिले भेटेर सहयोग मागेका थिए।

निधिको प्रस्तावलाई बार्गेनिङका रुपमा देउवा निकटहरूले अथ्र्याए। तर निधिले कुनै पनि अवस्थामा नेतृत्वको प्रतिस्पर्धामा उत्रिने बताउँदै आएपछि देउवामाथि दबाब खडा भएको छ। निधि अन्तिम समयसम्म पनि नेतृत्वको प्रतिस्पर्धामा कायमै रहे महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न देउवालाई निकै चुनौती हुने संस्थापन पक्षका नेताहरूको विश्लेषण छ।यो समाचार नागरिक दैनिकमा छ ।

त्यतिमात्र होइन, देउवाका अर्का विश्वासपात्र हुन् गोपालमान श्रेष्ठ। उनले समेत आगामी महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका छन्। देउवालाई सरकार सञ्चालन गर्न र आफूलाई पार्टी चलाउने जिम्मेवारी दिन आग्रह गरेका श्रेष्ठ राजाको शासनकालमा देउवा जेलमा रहँदा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिका रूपमा काम गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend