Logo २०८२ फाल्गुन २१ बिहिबार
अर्मेनियाको पोष्टमा जर्मनले गर्‍याे आधा दर्जन गोल

अर्मेनियाको पोष्टमा जर्मनले गर्‍याे आधा दर्जन गोल


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र २१ २०७८
1.6K
SHARES

काठमाडौं, २१ भदौ – फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्काेडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले दुई तथा मार्काे रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १-१ गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको हान्स डियटर फ्लिकको टोलीले दोसो हाफमा थप २ गोल गरेको हो । जर्मन प्रशिक्षकको रूपमा फ्लिकको यो दोस्रो खेल हो ।

जितसँगै जर्मन समूह ‘जे’मा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।

पाँच खेलबाट नाै अंकसहित रोमानिया तेस्रो, पाँच खेलबाट आठ अंकसहित नर्थ म्यासेडोनिया चौथो, पाँच खेलबाट चार अंकसहित आईसल्याण्ड पाँचाै र पाँच खेलबाट कुनै अंक बनाउन नसकेको लेक्टेनस्टाईन तालिकाका पुछारमा छ ।

राति नै भएको समूह ‘जे’को अर्काे खेलमा रोमानियाले लेक्टेनस्टाइनलाई २-० गोल अन्तरले पराजित गर्‍याे । रोनानियाको जितमा एलिन टोस्का र क्रिष्टियन मानेयाले १-१ गोल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend