Logo २०८२ फाल्गुन १९ मंगलबार
नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट

नर्भिक अस्पतालमा शिक्षकलाई १० प्रतिशत छुट


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
1.6K
SHARES

काठमाडाैं, २२ भदौ – थापाथलीस्थित नर्भिक अस्पतालमा शिक्षकले १० प्रतिशत छुट पाउने भएका छन् । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले एक साताका लागि यो अफरको घोषणा गरेको हो ।

यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एकसातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउने जानकारी दिइएको छ ।

त्यसका लागि शिक्षकले प्रष्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ । नर्भिकले यसअघि नै बुबाको मुख हेर्ने दिन र तिजको अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ । यी दुई पर्वको अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend