Logo २०८२ फाल्गुन १९ मंगलबार
के प्रचण्ड एमसीसी पास गर्ने अडानबाट पछि हटेका हुन् ? प्रचण्डको नयाँ अभिब्यक्तिले गठवन्धनमा खैलाबैला

के प्रचण्ड एमसीसी पास गर्ने अडानबाट पछि हटेका हुन् ? प्रचण्डको नयाँ अभिब्यक्तिले गठवन्धनमा खैलाबैला


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
876
SHARES

काठमाडौं २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास नहुने खुलासा गरेका छन् ।

आज मंगलबार वाइसिएलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । बैठकलाई सहभागी भएका एक नेताले प्रचण्डको भनाई उदृत गर्दै आफुहरुले अमेरिकालाई कुटनीतिक नोट पठाएकोमा जवाफ नआएको भन्दै अब एमसीसी पास नहुने जनाएका हुन् ।

माओवादीले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुनै विषयमा सहमति नजाउने बताएका उनले आफ्नो दलले राष्ट्रियतामा सधै अडान लिने गरेको समेत बैठकमा बताएका छन् ।
५० करोड डलरको परियोजना रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता भएपनि संसदबाट पारित नभएसम्म कार्यान्वयन भने हुँदैन ।

एमसीसीकी उपाध्यक्ष फतिमा जे। सुमर नेपाल आउनुभन्दा दुई दिनअघि प्रचण्डले यस्तो खुलासा गरेपछि गठवन्धन सरकारमा हलचलनै पैदा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend