Logo २०८२ फाल्गुन २१ बिहिबार
सलमानझैँ आफ्नै नियम बनाउने अभिनेत्री

सलमानझैँ आफ्नै नियम बनाउने अभिनेत्री


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1.3K
SHARES

काठमाडौं- बलिउडमा अभिनेता सलमान खान चर्चामा आउने कारणमध्येको एक हो, आफ्नो नियम । उनले आफ्नो लागि विभिन्न नियम बनाएका छन्, जसलाई पालना उनले मात्र होइन, उनीसँग फिल्ममा काम गर्नेले पनि गर्ने गरेका छन् ।

सलमानले बनाएको नियममध्येको एक हो ‘किस नगर्ने’ । ‘नो किसिङ रुल’ उनले आफ्नो लागि मात्र नभई, आफूले निर्माण गर्ने फिल्ममा समेत लागू गरेका छन् । यद्यपि पछिल्लो फिल्म ‘राधे’ को एक दृश्यमा उनले अभिनेत्री दिशा पटानीलाई किस गरेका थिए । उनको त्यो दृश्यलाई फिल्म चलाउने ‘फन्डा’ भनिएको थियो ।

सलमानझैँ आफ्नो नियम बनाउनेमा पर्छिन्, दक्षिण भारतीय फिल्म उद्योगमा स्थापित अभिनेत्री तमन्ना भाटिया । फिल्ममा उनी आफ्नो अभिनयका कारण जति चर्चित छिन्, त्यति नै ‘नो किसिङ रुल’ बनाएर चर्चामा छिन् ।

उनले आजसम्म कुनै पनि फिल्ममा किस सिन नदिएको बताएकी छिन् । उनी कुनै फिल्मको सम्झौताभन्दा पहिले नै किस सिन नदिने भनेर हस्ताक्षर गर्छिन् । ‘मैले फिल्मी करिअर सुरु गरेदेखि आजसम्म त्यो रुल ब्रेक गरेको छैन, हुने पनि छैन,’ एक अन्तर्वार्तामा उनले भनेकी छन् ।

सन् २००५ मा फिल्म ‘चाँद सा रोशन चेहरा’बाट दक्षिण भारतीय फिल्म उद्योगमा करियर सुरु गरेकी तमन्नाले हिट फिल्म दिएपछि बलिउडमा अजय देवगन, सैफ अलि खान र रितेश देशमुखसँग काम गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend