Logo २०८२ फाल्गुन १९ मंगलबार
ग्रिजम्यानको दुई गोलमा फ्रान्सले फिनल्याण्डलाई हरायाे

ग्रिजम्यानको दुई गोलमा फ्रान्सले फिनल्याण्डलाई हरायाे


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
932
SHARES

काठमाडौं, २३ भदौ – कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे । उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए ।

यस्तै राति नै भएको समूह ‘डी’को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २-२ गोलको बराबरी खेले ।

समूह ‘डि’मा ६ खेलबाट १२ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ । समान पाँच खेलबाट पाँच अंक बनाएका युक्रेन र फिनल्यान्डको समान पाँच अंक रहँदा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमश: चौथो र पाँचौ स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend