Logo २०८२ फाल्गुन १९ मंगलबार
अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा, मुल्लाह मोहम्मद हसन नयाँ प्रधानमन्त्री

अफगानिस्तानमा तालिवानद्वारा नयाँ सरकार घोषणा, मुल्लाह मोहम्मद हसन नयाँ प्रधानमन्त्री


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
1.1K
SHARES

एजेन्सी – अफगानिस्तानमा तालिवानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन् । त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । बरादर तालिबान समूहका सहसंस्थापक समेत हुन् । उनी यसअघि कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच सम्पन्न शान्तिवार्तामा सहभागी हुँदै आएका थिए ।

समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन् । उनी हक्कानी सञ्जालका प्रमुख समेत हुन्। त्यस्तै, कार्यबहाक रक्षामन्त्री मुल्लाह याकुब र कार्यबहाक विदेशमन्त्री आमिर खान हुनेछन् ।

तालिवानले गत शुक्रबार नै नयाँ सरकार गठन गर्ने बताए पनि आन्तरिक विवादका कारण सरकार गठनमा ढिलाइ भएको हो ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । अन्तर्राष्ट्रिय समर्थन खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु तालिबान सरकारको मुख्य मुख्य काम हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend