Logo २०८२ फाल्गुन २१ बिहिबार
माधवकुमार नेपालसहित एमालेका १४ सांसदलाई कारबाही सिफारिस

माधवकुमार नेपालसहित एमालेका १४ सांसदलाई कारबाही सिफारिस


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
491
SHARES

नेकपा (एमाले) ले पार्टीको नीति र निर्देशनबमोजिम काम नगरेको जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको छ ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीतिविपरीत २२ जना एमालेका सांसदले विश्वासको मत दिएका थिए । ती सांसदलाई एमालेले साउन ६ गते स्पष्टीकरण सोधेको थियो । तीमध्ये १४ जनालाई राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरिएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो ।

पार्टीभित्रको आन्तरिक एकताका लागि एमालेको संसदीय दल र स्थायी कमिटीको बैठक आजै भएको थियो । कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend