Logo २०८२ फाल्गुन २१ बिहिबार
लाइसेन्स छपाइ बन्द

लाइसेन्स छपाइ बन्द


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
421
SHARES

काठमाडाैं । यातायात व्यवस्था विभागले खालि कार्ड सकिएपछि लाइसेन्स छपाइ बन्द गरेको छ । अघिल्लो वर्ष बन्दाबन्दीकै बीच कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको विभागले यस वर्ष निषेधाज्ञाका बीच अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न सकेन ।

कार्ड अभाव भएपछि विभागले गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न सकेको छैन । विभागसँग फागुनमा ३० हजार जति मात्रै कार्ड स्टक रहेपछि कार्ड छपाइको नियमित काम रोकिएको थियो ।

यो बीचमा अत्यावश्यक केही कार्ड छपाइ गरेकोमा अहिले करीब २० हजार मात्रै खाली कार्ड बाँकी रहेको विभागका महानिर्देशक नवराज घिमिरे बताउँछन् । उनका अनुसार फागुनपछि विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेकालाई मात्र विभागले लाइसेन्स छापेर उपलब्ध गराएको छ ।

हालसम्म विभागले २०२० डिसेम्बरसम्मका २० लाख कार्ड छपाइ गरेर यातायात कार्यालयहरूमा पठाइसकेको थियो । २०२१ जनवरीदेखिका ६ लाख कार्ड छाप्न बाँकी रहेको घिमिरेले बताए । विभागले गतवर्षको बन्दाबन्दीमा मात्रै १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो । तर, निषेधाज्ञाका कारण तिनको उपयोग हुन सकेको छैन । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend