Logo २०८२ फाल्गुन २१ बिहिबार
दल विभाजन अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट

दल विभाजन अध्यादेशविरुद्ध सर्वोच्चमा ५ वटा रिट


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
470
SHARES

काठमाडौं – राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले दिउँसो १ बजेसम्म ५ वटा रिट निवेदन आएको जानकारी दिए । ‘५ थान आएको छ । अरु आउने क्रममा छ । दर्ता भइसकेको छैन । बेलुका ४ बजेसम्म गर्छौं,’ दाहालले भने ।

उनका अनुसार अधिवक्ताहरु प्रवेश केसी, अनुप अर्याल, शकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध निवेदन दिएका हुन् । रिटमा संसद छलेर ल्याएको अध्यादेश संविधानविपरीत भएको, धारा १३३ को गम्भीर उल्लंघन भएको भन्दै बदर गर्न माग गरिएको छ ।

निवेदकरुले यो मुद्दा संवैधानिक इजलासमा हेर्न माग गरेका छन् । सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले नयाँ दल खोल्न पाउनेगरी अध्यादेश ल्याएको छ ।

खुकुलो प्रावधानसहित आएको अध्यादेशले नेकपा एमाले र जसपा फुटेको छ । माधव नेपालको नेतृत्वमा एमाले समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक दर्ताको प्रक्रिया अघि बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend