Logo २०८२ फाल्गुन १९ मंगलबार
१ थान धातुको बुद्धको मुर्ति सहित ५ जना पक्राउ

१ थान धातुको बुद्धको मुर्ति सहित ५ जना पक्राउ


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
687
SHARES

बर्दिया, ३ भदौ -गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका-१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका-९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।

उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मुर्ति सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend