Logo २०८२ फाल्गुन २१ बिहिबार
एमालेका १४ सांसदको पद ‘लुकामारीमा’

एमालेका १४ सांसदको पद ‘लुकामारीमा’


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
512
SHARES

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि, सभामुख सापकोटाले कारबाही प्रक्रिया अघि बढाउँछन् भन्ने चासोको विषय छ।

सभामुख सापकोटाले एमालेको पत्रअनुसार कारबाही प्रक्रिया अघि बढाए ती १४ जनाको सांसद पद जान्छ। तर, सभामुखले आलटाल गरिरहेर त्यसअघि नै आयोगले नेपाल पक्षको दललाई मान्यता दिए सबैको पद सुरक्षित हुनेछ। १४ जना सांसदको कारबाही प्रक्रियाले राष्ट्रिय राजनीति र संसदीय अंक गणितमा भिन्न अवस्था ल्याउने निश्चित छ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

विपक्षी एमाले छिटो कारबाही गरेर उनीहरूको पद खारेज गर्न सभामुख सापकोटामाथि दबाब दिइरहेको छ। प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वको टोलीले बिहीबार सभामुख सापकोटालाई भेटेर पार्टीको पत्रअनुसार कारबाही गर्न आग्रह गरेको थियो।,

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend