Logo २०८२ फाल्गुन २१ बिहिबार
चुरेमा बस दुर्घटना, चालकको मृत्यु

चुरेमा बस दुर्घटना, चालकको मृत्यु


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
554
SHARES

बारा, ४ भदौ -बारा र मकवानपुरको सिमाना चुरेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट रौतहटको बंकुल आउँदो गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित चुरियामाई ओरालोमा बिहीबार राति साढे १० बजे ब्रेक फेल हुँदा अनियन्त्रित ना ६ ख ४६४१ नम्बरको बस सोही दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर पल्टिएको बाराका डिएसपी गौतम मिश्रले जानकारी दिएका छन ।

दुर्घटनाका घाइतेहरु मध्ये बस चालक मकवानपुर हेटौडा उप महानगरपालिका ८ कमानेका ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा बिहीबार राति नै मृत्यु भएको छ ।

चुरेहिल अस्पतालमा उपचार भइरहेको मोटरसाईकल चालक मकवानपुर हेटौंडा २ चौकी टोलका ३५ वर्षीय इन्द्रबहादुर कार्कीको दुवै हात र खुट्टामा चोट लागेको छ ।

बारा कोल्हवी–११ का २१ वर्षीय सुरज चौधरी, २८ वर्षीय राम प्रवेश राम, ५७ वर्षीया देवकी पन्त, २२ वर्षीय बिहारीलाल चौधरी, रौतहट विजयपुर १ का ३४ वर्षीय गान्धी दास, बारा कोल्हवी १ का ३९ वर्षीय वीरेन्द्रप्रसाद चौधरी, १९ वर्षीय रोहणबहादुर अधिकारीको चितवन, हेटौडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend