Logo २०८२ फाल्गुन १९ मंगलबार
महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोसपा, आयोगमा बुझाइयो पत्र

महन्थ ठाकुरको नयाँ पार्टीको नाम लोसपा, आयोगमा बुझाइयो पत्र


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
456
SHARES

काठमाडौं, ४ भदाै -महन्थ ठाकुरको नेतृत्वको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखिने भएको छ । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि लोकतान्त्रिक समाजवादी पार्टी राखेर निर्वाचन आयोगमा पत्र बुझाइएको छ ।

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात शुक्रबार निर्वाचन आयोगमा बुझाइएको छ । यसअघि वरिष्ठ नेतामा महतोको मात्रै नाम थियो भने अहिले भण्डारीको नाम थपिएको छ ।

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि ठाकुरले नयाँ पार्टी दर्ता प्रक्रिया अघि बढाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend