Logo २०८२ फाल्गुन १९ मंगलबार
तीन हजार ४२ जना कोरोना सङ्क्रमित थपिए

तीन हजार ४२ जना कोरोना सङ्क्रमित थपिए


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
491
SHARES

काठमाडौँ – बितेका २४ घण्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या सात लाख ४४ हजार ३०७ पुगेको छ ।

थप १० हजार ५३० जनाको पीसीआर परीक्षण तथा सात हजार १२४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट दुई हजार ७९ तथा एन्टिजेनबाट ९६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म छ लाख ९३ हजार ५४३ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव एक प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३०९ रहेको छ ।

बितेका २४ घण्टमा देशभर एक लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ७१४ सङ्क्रमितको सघनउपचार कक्षमा तथा १७१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा ८९८

काठमाडौँ उपत्यकामा पछिल्लो समय ८९४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ तथा भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, भक्तपुरमा एक हजार ४७४ तथा ललितपुरमा दुई हजार २९० रहेको छ । पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend