Logo २०८२ फाल्गुन २१ बिहिबार
कलाकार शम्भुराज थापा ‘बखते’को निधन

कलाकार शम्भुराज थापा ‘बखते’को निधन


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
736
SHARES

काठमाडौं- कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान उपचारका क्रममा निधन भएको हो । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए । उनले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, र चलचित्रमा अभिनय गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend