Logo २०८२ फाल्गुन १९ मंगलबार
माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ : वर्षमान पुन

माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ : वर्षमान पुन


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
533
SHARES

काठमाडौं -नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको बताएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए ।

उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।”

अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली काँग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, बागमती प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, वाइसीएल नेता कसम गुरुङ, दिनेश थपलिया, सविन आचार्य, नरेश वाइवा, नरेश रञ्जितलगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend