Logo २०८२ फाल्गुन १९ मंगलबार
सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच

सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
554
SHARES

हुम्ला । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्भ नम्बर ४ मा पुगेपछि त्यस क्षेत्रका सबै स्तम्भमा नेपालका सुरक्षा निकायको पहुँच पुगेको हो ।

यसअघि केही स्तम्भमा सुरक्षाकर्मी पुगेको र केहीमा पुग्न नसकेका कारण सीमा स्तम्भको अवस्थाबारे स्पष्ट जानकारी लिन सक्ने अवस्था थिएन । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिल्सामा बीओपी स्थापना भएयता सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको बताउनुभयो । यस क्षेत्रमा सीमा स्तम्भ स्थापनापछि सीमा स्तम्भ नम्बर ३, ४, ११ र १२ मा केही महिना अघिसम्म कुनै सरकारी निकाय पुगेका थिएनन् ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

एक वर्षको अवधिमा सरकारी पक्ष सबै स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । अब सुरक्षा निकाय हुम्ला जिल्लाअन्तर्गत पर्ने सबै सीमा स्तम्भबारे जानकार रहेको र नियमित अनुगमन गर्न पनि सहज भएको उहाँले बताउनुभयो । सबै सीमा स्तम्भमा सुरक्षाकर्मी पुग्न सफल हुँदा वर्षौंदेखि सीमा स्तम्भ कता छन् भन्ने कुराको अन्योल पनि हटेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend