Logo २०८२ फाल्गुन २१ बिहिबार
दशैँअघि ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप

दशैँअघि ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
2K
SHARES

सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए ।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप लगाइसकेको जनाएको छ ।राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोप आइसकेको र असोजमा २ करोड ५ लाख खोप आउने सुनिश्चितता भएको बताए । सबै नागरिकलाई खोप उपलब्ध गराउन करिब ५ करोड २२ लाख मात्रा खोप चाहिने र त्यसका लागि आवश्यक व्यवस्थापन गरिसकेको जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले चैत महिनासम्म सबैलाई खोप दिलाउने लक्ष्य पूरा हुने दाबी गरे ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

खोपका लागि अनलाइन फारम भरेकालाई धमाधम सम्पर्क गरी खोप लगाउने कार्य अघि बढाइएको जानकारी दिँदै उनले भने– ‘कोभिडबाट सबै नागरिकलाई बचाउन स्थानीय तहको सहयोगमा खोप लगाउने काम भइरहेको छ । अबको ६ महिनाभित्र सबै नेपालीलाई खोपको सुनिश्चितता गर्नेछौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend