Logo २०८२ फाल्गुन २१ बिहिबार
युभेन्टस बराबरीमा रोकियो, रोनाल्डोको गोलले पाएन मान्यता

युभेन्टस बराबरीमा रोकियो, रोनाल्डोको गोलले पाएन मान्यता


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
421
SHARES

इटाली (एजेन्सी), ७ भदौ – इटालियन सिरी ए लिगमा युभेन्टस पहिलो खेलमै बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनी स्टार पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्टस युडिनेस क्लबसँग २–२ को बराबरीमा रोकिएको हो ।

भ्रमण टोली युभेन्टसले खेलमा अग्रता बनाएपछि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले बेन्चबाट खेल सुरु गरेका थिए । उनी खेलको ५९ मिनेटमा मैदान छिरेका हुन् । खेलको इन्जुरी समयमा उनले गोल गरे पनि ‘भार’ले त्यसलाई मान्यता दिएन ।

यसअघि खेलको तेस्रो मिनेटमै युभेन्टसले अग्रता बनाएको थियो । कप्तान डिबलाले रोड्रिगोको पास सदुपयोग गर्दै गोल गरे । खेलको २३ मिनेटमा जुआन कोड्राडोले टोलीलाई अग्रता २–० को दिलाए । उनले डिबलाको पास सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा युडिनेसले दुई गोल गर्‍यो । रोबर्ट पेरेराले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ८३ मिनेटमा युडिनेसकै जेरार्ड डेउलोफेउले गोल गर्दै घरेलु टोलीको हार टारे ।

बराबरीसँगै युभेन्टसले सिजन १ अंकबाट सुरु गरेको छ । उ आठौं स्थानमा रहेको छ । युडिनेस भने नवौं स्थानमा रहेको छ । यस्तै अर्को खेलमा नेपोलीले भेनेजियालाई २–० गोल अन्तरले पराजित गर्‍यो । यता, रोमाले भने फ्लोरेन्टिनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend