Logo २०८२ फाल्गुन २१ बिहिबार
गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
540
SHARES

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।

निकुञ्जले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो । चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताउनुभयो ।

अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ ९१० ९क० तथा २६९१० बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६९१० बमोजिम सजायको माग दाबी गरिएको छ । यसै मुद्दामा १० जना फरार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका कर्मचारी, नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशानलय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतको टोलीलले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend