Logo २०८२ फाल्गुन २१ बिहिबार
कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने

कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
477
SHARES

काठमाडौं । कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’

उहाँले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिनुभयो । सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।यो खबर आजको नेपाल समाचापत्रमा छापिएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । करिब एक साता अघि बसेको बैठकमा कोरम नपुगे पनि अधिकांश सांसदले परीक्षा स्थगित गर्न नहुने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend