Logo २०८२ फाल्गुन १९ मंगलबार
चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो

चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
484
SHARES

काठमाडौं, ८ भदौ- प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।

काठमाडौंकाे चन्द्रागिरी हिल्स रिसाेर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरुलाई एमाले फर्कन ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रस्टीकरण दिएका हुन् ।

‘ओलीकोसामु घुँडा टेकेर बस्नुपथ्र्याे’, उनले भने, घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नु परेको हो ।’अब आफ्नो पार्टीले अरु वामपन्थी दलहरुसँग एकता गरेर मुलुक र जनताको हितमा काम गर्ने उनको भनाइ छ ।

एमालेबाट विभाजन भएर नेता नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले भोलि बुधबार सनाखतका लागि उनीहरुलाई कार्यालयमा बोलाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend