Logo २०८२ फाल्गुन २१ बिहिबार
उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
337
SHARES

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८।०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८।०० बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको राससलाई जानकारी दिनुभयो ।

उहाँले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताउनुभयो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८।०० बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend