Logo २०८२ फाल्गुन १९ मंगलबार
माधव र महन्थको दल दर्ता आजै

माधव र महन्थको दल दर्ता आजै


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
498
SHARES

काठमाडौँ, ९ भदौ- दल दर्ता सनाखतका लागि प्रस्तावित दुई पार्टीका नेताहरू आज बुधबार निर्वाचन आयोग जाँदैछन् ।

नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) पार्टीबाट अलग भएकाे महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीकाे दर्ता सनाखतको प्रक्रिया सुरु हुन लागेको हो ।

यसअघि आयोगका हस्ताक्षर बुझाएका प्रस्तावित दुवै दलका नेताहरू सनाखतका लागि आज बिहान साढे ११ बजे आयोग जाँदैछन् । ‘बुधबार साढे ११ देखि दिउँसो २ बजेसम्म सनाखतको समयावधि तोकेका छौँ,’ आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमालाले न्यूज कारखानासँग भने ।

उनका अनुसार सनाखतका लागि सशरीर उपस्थित हुनुपर्नेछ । ‘सामान्य मान्यता सनाखत भनेको पहिलेको दस्तखत रुजु गर्ने हो,’ उनले भने, ‘दिल्लीमा रहनुभएका झलनाथ खनालका विषयमा आयोगले नै निर्णय गर्ला ।’

सनाखत भइसकेपछि छानबिन गर्न आयोगलाई ४५ दिनसम्म समय हुन्छ । तर, त्यतिधेरै समय नलाग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend