Logo २०८२ फाल्गुन १९ मंगलबार
सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् : ओली

सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् : ओली


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
869
SHARES

काठमाडौं, ९ भदौ -प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।

एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा भदौ १ गते पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर नौ दिनदेखि राखेका छन् ।’

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ ।

एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो । सभामुख सापकाेटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend