Logo २०८२ फाल्गुन १९ मंगलबार
भारतले धौलीगंगा बाँधका ढोका खोल्दै, महाकाली तटीय क्षेत्रमा के हुन्छ अब ?

भारतले धौलीगंगा बाँधका ढोका खोल्दै, महाकाली तटीय क्षेत्रमा के हुन्छ अब ?


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
365
SHARES

दार्चुला, ९ भदौ – भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

ड्याम सरसफाईका लागि बाँधका ढोकाहरु खोलिन लागेको जानकारी भारतको एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । एनएचपीसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

विहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उनले बताए । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नदिएर बाँधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा बाढी आएर ठूलो क्षति पुगेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend