Logo २०८२ फाल्गुन १९ मंगलबार
क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न देउवामाथि दबाब बढ्दै

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न देउवामाथि दबाब बढ्दै


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
519
SHARES

काठमाडौं, १० भदौ- नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब आठ दिन मात्र बाँकी छ । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एक साता मात्र बाँकी छँदा पनि कांग्रेसले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन ।

कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन सुरु गरेको आज तेस्रो दिन भइसक्यो । जिल्ला सभापतिहरूको रिले अनशनलाई केन्द्रीयस्तरका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नेता रामचन्द्र पौडेल, गगन थापालगायत पार्टी कार्यालय पुगी उनीहरूको मागमा समर्थन जनाएका हुन् ।

कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवाद करिब करिब टुंगो लागे पनि अहिले सूची सार्वजनिकको विषयलाई लिएर विवाद देखिएको छ । अब धनुषा र सर्लाही गरी दुई जिल्लामा मात्र केही क्रियाशील सदस्यको विवाद थाती छ । विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्यताअनुसार अधिवेशन गर्न सकिने कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले प्रतिवेदन तयार गरी सभापति शेरबहादुर देउवा र नेता पौडेललाई बुझाएको छ । प्रतिवेदन बुझाएको भोलिपल्टैदेखि जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै धर्ना र अनशनमा बस्नुले फेरि पनि महाधिवेशन सर्ने त होइन भन्ने चिन्ता उत्पन्न भएको देखिएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी सभापति देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप हुन नसकेको आरोप लगाएका छन्। मंगलादेवी सिंहको २५औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौंले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend