Logo २०८२ फाल्गुन १९ मंगलबार
स्वदेशमै इलम गर्न प्रेरित गर्ने हरिवंशको ‘ए कालु भेना’

स्वदेशमै इलम गर्न प्रेरित गर्ने हरिवंशको ‘ए कालु भेना’


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
1.5K
SHARES

काठमाडौं, १० भदौ- वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ केही समय अगाडि सार्वजनिक भएको थियो । दर्शकको उल्लेख्य साथ पाएको ‘माछीलाई खोलीको लेउ’ पछि हरिवंशले अर्को गीत ल्याएका छन् ।

‘ए कालु भेना’ बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यकै शब्द र संगीत छ । गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् ।

हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश प्राप्त गर्न सकिन्छ । ‘ए कालु भेना’ले वैदेशिक रोजगारीभन्दा स्वदेशमै इलम गर्न प्रेरित गरेको छ ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट बिहीवार रिलिज गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend